काठमाडौं। नेकपा (एमाले) लुम्बिनी प्रदेशको नयाँ नेतृत्वका लागि भइएको निर्वाचनमा ८६१ मत खसेको छ । बिहान पौने ९ बजेदेखि मतदान सुरु भएकोमा दिउँसो पौने २ बजेसम्म ८६१ म्त खसेको हो ।अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल (आरके) र प्युठानका हरि रिजाल प्रतिष्पर्धामा छन् । निर्वाचनका लागि १००४ मतदाता छन् ।
१६ गतेदेखि सुरु भएको पहिलो लुम्बिनी अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास विफल भएपछि मंगलवार बिहानबाट मतदान सुरू गरिएको हो ।उपाध्यक्षमा पुजन विश्वकर्मा (बाँके), भोजप्रसाद श्रेष्ठ (रुपन्देही) विश्वास बराल (रुपन्देही), शान्तिकुमारी वली (रोल्पा) रहेका छन् । त्यस्तैगरी दुईजना उपसचिवमा ७ जनाको उम्मेदवारी परेको छ।
जसमा उपेन्द्रलाल कार्मी (रुकुमपूर्व) दुर्गाप्रसाद थारू चौधरी (बाँके) पूर्ण बुढामगर रोल्पा, हिरा एसी (गुल्मी), आरती पौडेल (बाँके), लीला राना मगर (बर्दिया र बसन्ती आचार्य (बाँके) रहेका छन् ।यी पदका लागि पनि आजै निर्वाचनको तयारी छ । ५ जना पदाधिकारीसहित २०५ सदस्यीय प्रदेश समितिका लागि ३६४ जना प्रतिष्पर्धामा छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ भदौ २०८०, १४ : ४०
लेखकबाट थप