सङ्खुवासभा । सङ्खुवासभामा कोरोना भाइरसविरुद्धको बुस्टर खोप अभियान सुरु भएको छ । आइतबारबाट कोरोना भाइरसविरुद्धको बुस्टर खोप अभियान सुरु गरिएको हो । बुस्टर खोप अभियानका क्रममा खोप लगाउन छुटेका १२ वर्षदेखि माथिका सबैलाई पहिलो र दोस्रो मात्रा लगाइने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
बुस्टर खोप अभियानको पहिलो चरणमा २० हजारभन्दा बढीलाई कोरोना भाइरसविरुद्धको बुस्टर खोप लगाइने छ । कोरोना भाइरसविरुद्धको बुस्टर अभियानमा १० स्थानीय तहका २० हजार एक सय ६० जनालाई खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी रोशन श्रेष्ठले जानकारी दिए ।
जिल्लाका १२ वर्ष माथिका एक लाख २० हजार जनालाई बुस्टर खोप लगाउने लक्ष्य राखिएको उनले बताए ।बुस्टर खोप अभियान यही भदौ १७ गतेदेखि सुरु भएको सूचना अधिकारी श्रेष्ठले बताए । बुस्टर खोप अभियानका लागि दुई सय २४ स्वास्थ्यकर्मी र चार सय ४४ स्वयम्सेवक परिचालन गरिएको उनले बताए ।
कोरोना भाइरसविरुद्धको खोप हालसम्म १२ वर्षमाथिका पहिलो मात्रा ८६ प्रतिशत, दोस्रो मात्रा ९३ प्रतिशत, पहिलो बुस्टर ६९ प्रतिशत र दोस्रो बुस्टर खोप ११ प्रतिशतले लगाइसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोना भाइरसविरुद्धको खोपका लागि एक सय खोप केन्द्र तोकिएको छ । बुस्टर डोज लगाउन छुट भएकालाई पनि खोप लगाउन आग्रह गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ भदौ २०८०, १४ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना बीमा रकम भुक्तानी माग्दै सर्वोच्चमा रिट
कोरोना भाइरसविरुद्धका १६ लाख ६८ हजार मात्रा खोप आयो
कोरोनाको केपी भेरियन्ट : सङ्क्रामक तर कम घातक, दीर्घरोगीलाई सतर्कता अपनाउन आग्रह
एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण
सुदूरपश्चिममा सात जनामा कोरोना पुष्टि