काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत आज इजिप्ट प्रस्थान गरेका छन् । भोलिदेखि इजिप्टको कायरोमा सुरु हुन लागेको जनसङ्ख्या, स्वास्थ्य तथा विकाससम्बन्धी विश्व सम्मेलनमा भाग लिन मन्त्री बस्नेत आज इजिप्ट प्रस्थान गरेको उनका प्रेस संयोजक रामचन्द्र दुलाले जानकारी दिए ।
उनका अनुसार इजिप्टमा मन्त्री बस्नेतले सम्मेलनलाई सम्बोधन गर्नुका साथै इजिप्टका स्वास्थ्यमन्त्रीसँग दुई पक्षीय बैठक तथा दक्षिण पूर्वएसियाका स्वाथ्यमन्त्रीसँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ । उनको साथमा मन्त्रालयका सचिव विकास देवकोटा समेत रहेका छन् ।
मन्त्री बस्नेत यही भदौ २४ गते स्वदेश फर्किनु हुने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ भदौ २०८०, १३ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्वास्थ्य मन्त्रालयको विकृति सफा गर्न अझै २ वर्ष लाग्छ : स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्यमन्त्री बस्नेतद्वारा गोकर्णेश्वर नगर अस्पतालको शिलान्यास
अबको पाँच वर्षमा नेपालमा डाक्टर र नर्स पाइदैन : स्वास्थ्यमन्त्री बस्नेत