बेइजिङ । चीन भ्रमणका रहेको नेकपा एमालेको टोलीका नेता तथा एमाले महासचिव शंकर पोखरेल र चिनियाँ अधिकारीबिच भेटवार्ता भएको छ । टोलीलाई आज चीनको छोङछिङ म्युनिसिपल फोरेन अफेयर्स कार्यालयका उपमहानिर्देशक जाउ यीले स्वागत गरेका थिए ।
स्वागतपछि दुई पक्षीय भेटवार्ता भएको भ्रमण दलका सदस्य पत्रकार राजेश राईले जानकारी दिए ।तीन करोड बढी जनसंख्या भएको स्थानीय सरकार तथा चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूसँगको छलफलबाट एमालेको चीन भ्रमणको औपचारिक सुरुवात भएको छ । २२ सदस्य भ्रमण दलले चीनमा १२ दिन बिताउनेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ भदौ २०८०, १३ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले महासचिव र रुसी कुटनैतिक अधिकारीबीच भेट
अध्यादेशबारे विपक्षीले अनावश्यक भ्रम सिर्जना गरे : एमाले
पाँच जना नेता एमालेबाट निष्कासित
यस्तो छ एमाले सचेतक बरालले संसदमा दर्ता गराएको जरुरी सार्वजनिक महत्वको प्रस्ताव (पूर्णपाठ)
एमाले संसदीय दलको बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
एमाले विधान महाधिवेशन : ७० वर्षे उमेर हद वैधानिक रूपमै हट्ने