काठमाडौ । सामाजिक सुरक्षा कोषमा योगदानसहित आबद्ध हुनेमा वैदेशिक रोजगारीमा जाने, गएका र विदेशमा नै स्वरोजगारको आकर्षण उच्च देखिएको छ।
२०७९ चैत ८ गते वैदेशिक रोजगारका लागि कोषमा आबद्ध गराउन थालिएकोमा हालसम्म कोषमा आबद्ध हुनेको झन्डै आधा सङ्ख्या पुग्न लागेको छ। सरकारले २०७५ मङ्सिर ११ गते सुरु गरेको योगदानमा आधारित सामाजिक सुरक्षामा श्रमिकको आबद्धता थालेको हो।
कोषमा औपचारिक क्षेत्रका श्रमिकको आबद्ध हुने क्रम भने २०७६ साउन १ गतेदेखि सुरु भएकामा हाल कोषमा १८ हजार २३३ रोजगारदाता र सात लाख ४६ हजार पाँच सयभन्दा बढी योगदानकर्ता आबद्ध भएका छन्।
यसमा तीन लाखभन्दा बढी वैदेशिक रोजगारीमा जाने, गएका र विदेशमा स्वरोजगार रहेको सामाजिक सुरक्षा कोषले जनाएको छ। गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, १५ भदौ २०८०, ०७ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओमानमा पहिलो पटक सामाजिक सुरक्षासम्बन्धी विशेष कार्यक्रम
सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्ताका सन्तानले पनि उपचार सुविधा पाउने
सामाजिक सुरक्षा कोषमा कति छ पैसा ?
सामाजिक सुरक्षा कोषमा मधेश प्रदेशका ४७ स्थानीय तह आवद्ध
सामाजिक सुरक्षा कोषले एकैपटक गर्यो ३२ स्थानीय तहसँग सम्झौता