काठमाडौ । एसिया कप क्रिकेट प्रतियोगितामा श्रीलंकाले विजय सुरुवात गरेको छ । बिहीबार सम्पन्न समूह ‘बी’ को खेलमा श्रीलंकाले बंगलादेशलाई ५ विकेटले पराजित गरेको हो ।
बंगलादेशले दिएको १६५ रनको लक्ष्य घरेलु टोली श्रीलंकाले ५ विकेटको क्षतिमा ६६ बल बाँकी छँदै भेट्टायो ।
श्रीलंकाको जीतमा सधिरा र चरिथाले क्रमशः ५४ र ६२ रनको योगदान दिए । यस्तै कप्तान दुसान सानकाले अविजित १४ रन बनाए ।
यसअघि ४२.४ ओभरमा अलआउट हुँदै १६४ रन बनाएको बंगलादेशका लागि नाजमुलले सर्वाधिक ८९ रन जोडेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ भदौ २०८०, ०७ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युएईविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल
एसीसी यू-१९ एसिया कप : पहिलो खेलमा नेपाल पाकिस्तानसँग भिड्दै