काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिचाइमन्त्री शक्तिबहादुर बस्नेतसँग नेपालका लागि बेलायतका राजदूत रोब फेनले शिष्टाचार भेटवार्ता गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयमा आज भएको भेटवार्तामा द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएको थियो ।
सो अवसरमा ऊर्जा मन्त्री बस्नेतले नेपाल र बेलायतबीच पुरानो कूटनीतिक एवम् मैत्री सम्बन्ध रहेको र त्यसलाई थप विस्तार गर्ने बताए । सरकारले ऊर्जा क्षेत्रको विकासका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सोचकासाथ काम अगाडि बढाएको उल्लेख गर्दै त्यसमा बेलायत सरकारको साथ र सहयोग आवश्यक रहेको बताए ।
नेपालको विकास निर्माणमा बेलायत सरकारले लामो समयदेखि गर्दै आएको सहयोगप्रति धन्यवाद दिँदै मन्त्री बस्नेतले आगामी दिनमा थप क्षेत्रमा सहकार्य गर्ने उल्लेख गरे । ग्रीन हाउस ग्यास उत्सर्जनमा नेपालको भूमिका न्यून भएपनि जलवायु परिवर्तनका कारण नेपाल जस्ता देशले ठूलो समस्या भोग्नुपरेको स्पष्ट पार्दै त्यसबाट जोगिनका लागि अनुकूलनका उपायहरुको खोजी गरिरहेको बताए ।
सो अवसरमा द्विपक्षीय हित र चासोका विविध विषयमा समेत महत्त्वपूर्ण छलफल भएको ऊर्जामन्त्री बस्नेतको सचिवालयले जनाएको छ । बेलायती राजदूत रोब फेनले पछिल्ला दिनमा नेपालले ऊर्जा क्षेत्रमा उल्लेख्य सफलता प्राप्त गरेको भन्दै थप सहकार्यका बारेमा नेपाल सरकारसँग मिलेर काम गर्न तयार रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ भदौ २०८०, १६ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जाजरकोटका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्न माग
ऊर्जा क्षेत्रमा गुणात्मक र उल्लेखनीय प्रगति भएको छ : शक्तिबहादुर बस्नेत
जलवायु परिवर्तनको प्रभाव रोक्न ‘ग्रिन हाइड्रोजन’ मा लगानी बढाउनुपर्छ : ऊर्जामन्त्री बस्नेत
जलवायु परिवर्तनको असर सबैभन्दा बढी जलस्रोतमा परेको छ : मन्त्री बस्नेत
लोडसेडिङ हुन लागेको हल्ला मात्रै हो : ऊर्जामन्त्री बस्नेत
अब प्रत्येक महिना सय मेगावाट विद्युत् उत्पादन हुन्छ : उर्जामन्त्री बस्नेत