कृषक मर्कामा

चितवनमा युरिया मलको चरम अभाव

बुधबार, ३० साउन २०७५, १४ : २५
चितवनमा युरिया मलको चरम अभाव

चितवन: युरिया लगाएत रसायनिक मलको अभाव भएपछि यहाँका कृषकहरु चिन्तित भएका छन् । अनुदानमा मल विक्री गर्दै आईरहेको कृषि सामाग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले सहकारी मार्फत किसानलाई अनुदानको मल बिक्रि गर्नेछन् ।  

जिल्लामा हाल अनुदानको युरिया मलको मौज्दात न्युन छ । महँगो मुल्यमा कृषकहरुले मल खरिद गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।
गत वर्षको मौज्जात सकिएपछि मलको अभाव देखिएको हो । कृषि सामाग्री कम्पनी लिमिटेड चितवन शाखाका प्रवन्धक रविन्द्र गौतमले भने । उनले ५ सयम मेट्रिक टन युरिया मल आवश्यक देखिएको बताए । 

युरियाको विकल्पका ७ सय बोरा मल छ, तर माग छैन, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड नारायणगढका प्रमुख वुद्धिविनोद दाहालले भने कृषि सामाग्रीले साउनमा युरिया १ हजार १ सय, डिएपी २ सय ७७, पोटास १ सय ७५ मेट्रिक टन बिक्रि गरेको थियो ।

साल्ट ट्रेडिङले साउनमा युरिया ३५, डिएपी ९२, पोटास ५ मेट्रिक टन बिक्रि गरेको थियो । 
कृषि मन्त्रालयले वार्षिक ४ लाख मेट्रिक टन मल आवश्यक पर्ने प्रक्षेपण गरेपनि २ लाख ८५ हजार मेट्रिक टन मात्रै आयात हुने गरेको छ । जसले गर्दा वर्षेनी मल अभाव हुने गर्छ ।

जिल्लामा वार्षिक १४ हजार मेट्रिक टन युरिया मल खपत हुने गर्छ । कृषि सामाग्री मार्फत १ सय ५० र साल्ट ट्रेडिङ मार्फत १ सय सहकारीले मल खरिद गरेर किसालाई बिक्रि वितरण गर्नेगर्छन् ।

अनुदानको युरियाको प्रति बोरा (५० केजी) को ७ सय ६५, डिएपी २ हजार २ सय १५, पोटास १ हजार ६ सय १५ रुपैयाँ पर्छ ।

चितवनमा ३ वर्षमा बिक्रि भएको अनुदान मल(मेट्रिक टन) को अवस्था यस्तो छ:

प्रतिक्रिया दिनुहोस