काठमाडौं । जनमत पार्टीले उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता समितिको सभापतिमा अब्दुल खानलाई उम्मेदवार बनाउने भएको छ ।प्रतिनिधिसभाका १० वटा विषयगत समितिको सभापतिका लागि आज मनोनयन दर्ता हुँदैछ । बिहान ११ बजेदेखि अपराहृन ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ।
सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेबीच भएको भागबन्डा अनुसार उद्योग समिति जनमतले पाएको छ । जनमतका प्रवक्ता डा. शरदसिंह यादवका अनुसार खानलाई सभापतिको उम्मेदवार बनाउने सहमति भएको छ ।यो समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गणेश पराजुलीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० भदौ २०८०, ११ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तराई-मधेशमा बढिरहेका आपराधिक घटनाका दोषीलाई कारबाही गर्न माग
सांसद अब्दुल खान चढेको कार दुर्घटना
मन्त्रीले चाहँदैमा सबै कुरा हुन्न : सांसद खान