काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको बैठक सिंहदरबारमा सुरु भएको छ । भदौ ११ गते हुने प्रतिनिधिसभा अन्तर्गत रहेका संसदीय समितिहरुको सभापति निर्वाचनको विषयमा बैठक केन्द्रीत रहेको छ ।
विदेश भ्रमणमा रहेका कारण पार्टीका संसदीय दलका नेता राजेन्द्र लिङदेन भने बैठकमा सहभागी छैनन् । बैठकले संसदीय समितिको सभापतिका लागि हुने निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारी दिने वा नदिने सम्बन्धमा निर्णय गर्नेछ ।
सभामुख देवराज घिमिरेले आइतबार दिउँसो १ बजेका लागि संसदीय समितिका सभापति चयनका लागि समय तोकेका छन् । संसदीय समिति सभापतिका लागि सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल एमालेले भागवण्डा गरेका छन् भने विपक्षी दलहरु रास्वपा र राप्रपालाई भने बाहिर राखिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकले भने संसदीय समिति सभापतिको निर्वाचनमा उम्मेदवार खडा गर्ने निर्णय गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ भदौ २०८०, १२ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेको कार्यक्रममा राष्ट्रिय झण्डा आधा झुकाइएको भन्दै राप्रपाले जनायो आपत्ति
६ बुँदे मागसहित काठमाडौँ प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघर-नयाँ बानेश्वर सडकमा राप्रपाको प्रदर्शन (तस्वीरहरू)
राप्रपा आन्दोलनको रणनीति फेरियो, अब बानेश्वरमा मात्र केन्द्रित
राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्दै
वैशाख ७ गते निषेधित क्षेत्रमा प्रदर्शन गर्ने राप्रपाको निर्णय