काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव भारत प्रस्थान गरेका छन् । भारत केरेलाको कोचीमा हुने एक वैवाहिक कार्यक्रममा भाग लिन उनी दिल्ली हुँदै केरेला पुग्ने पार्टी स्रोतले जनाएको छ ।
वैवाहिक कार्यक्रम भनिए पनि यो उनको राजनीतिक भ्रमण पनि हो । उनले दिल्लीमा उच्चस्तरीय भेटघाट गर्ने स्रोतले जनाएको छ । यसअघि जनमत पार्टीका अध्यक्ष सिके राउत दिल्ली भ्रमण सकाएर फर्केका छन् ।
सरकारले गौर घटनाको फाइल खोलेपछि जसपाका अध्यक्ष यादव र सरकार बीचको दुरी बढेको छ । सरकारले गौर घटनाको छानबिन अगाडि बढाएको छ । यही बीच यादवको दिल्ली भ्रमणलाई चासोका साथ हेरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ भदौ २०८०, ११ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सत्ताको लागि उपेन्द्र यादवले मुद्दा छाड्नुहुन्छ जस्तो लाग्दैन : प्रचण्ड
हाम्रो सोच सकारात्मक छ, सरकारले कार्यसूचीमा ल्याएपछि निर्णय गर्छौं : उपेन्द्र यादव
प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगे उपेन्द्र यादव
जसपा नेपालले पार्टीको सार्वजनिक कार्यक्रममा अतिथि नराख्ने
स्थानीय तहमा दलविहीन चुनाव : उपेन्द्र यादव
जसपा नेपालले संविधान दिवसमा भाग नलिने, विरोध गर्ने