सिमकोट । सडक यातायातले नछोएको हुम्लामा पाँच दिनदेखि हवाई सेवा अवरुद्ध भएको छ। हवाइ सेवासमेत अवरुद्ध हुँदा यात्रु मर्कामा परेका छन्।
आइतबार रातिबाटै लगातार पानी परेका कारण हिमाली जिल्लाको हवाई सेवा त्यसयता अवरुद्ध भएको हो।
बिहानैबाट पानी परिरहेका कारण नेपालगञ्ज र सुर्खेतबाट हुने हवाई सेवा अवरुद्ध भएको नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका एयर ट्राफिक कन्ट्रोलर मनोज दंगालले बताए।
शुक्रबार दिउँसो मौसम सुधार आए पनि सिमकोट विमानस्थलमा हावाको चाप बढेपछि उडान हुन नसकेको हो।
सीता एयर नेपालगञ्जका बजार व्यवस्थापक सन्दीप भण्डारीले कर्णालीका हुम्लाको सिमकोट मात्र नभएर कुनै पनि हिमाली जिल्लाका उडान हुन नसकेको बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ भदौ २०८०, १९ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हुम्लामा बाढीपहिरोले भेडी गोठका २६ बाख्रा पुरिए
हुम्लाको श्रीनगरमा वर्षासहितको बाढी, १० भन्दा बढी पसल र घरमा क्षति
हुम्लामा हिमपात
हुम्लामा चैतलो पर्व मनाएर वसन्त ऋतुको स्वागत
सवस्टेशन निर्माणका लागि हुम्लामा ११० रोपनी जग्गा अधिग्रहण
हुम्लाका विद्यार्थी हिउँमै बसेर अध्ययन गर्दै