मानिसको कार्यबाट वातावरणमा क्षति : वनमन्त्री बस्नेत

सफल खबर संवाददाता

मंगलबार, २९ साउन २०७५, १८ : ०७
मानिसको कार्यबाट वातावरणमा क्षति : वनमन्त्री बस्नेत

काठमाडौँ । दिन प्रतिदिन मानिसले प्रकृति तथा वातावरणमाथि क्षति पु¥याउदा आफूले नै त्यसको हानी व्यर्होन परिरहेकोे वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले बताउनुभएको छ । काठमाडौंको वस्नतपुरमा भएको वन दिगो विकासको आधार भन्ने अभियानको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले मानिसको कार्यबाट बढेको कार्वन डाइअक्साइले निम्त्याएको जलबायु परिवर्तनका कारण भुक्षय, हिमपहिरो र खडेरीजस्ता महाविनाश मानिस आफैले खेप्नुपरेको बताउनुभयो । यस्ता कार्य विपरीत यो अभियानले  मानिसमा सकारात्मक सोचको विकाश गर्ने विश्वास व्यक्त गर्नुभयो ।
 
वन नेपालको धन भनिए पनि नेपालमा काठको उत्पादन ज्यादै कम भएको बताउनुभयो । विदेशबाट आर्यात भईरहेको काठलाई रोकी अब नेपालमै निजि तथा साझा बनको विकाशमा जोड दिनका लागी आवश्यक निति नियमको कार्यान्वयन गर्ने मन्त्री बस्नेतले जानकारी दिनुभयो ।
चरम रुपमा फैलिएको कार्वन डायअक्साइडलार्ई वोटविरुवाले लिने र अक्सीजनलाई प्रवाह गरिदिने भएकाले अब वातावरण संरक्षणको एक मात्र आधार विरुवा वन भएको र त्यसका लागि वन तथा वन्यजन्तु संरक्षण, निजि पारीवरीक वन र साझा वन समितीको आपसी सहमतिमा यो अभियान ल्याइएको हो ।

 

प्रतिक्रिया दिनुहोस