प्रदेश नम्बर ३ मा इम्बोष्ड प्लेटका लागि सोमबारबाट आवेदन खुल्ने

आइतबार, १९ कार्तिक २०७४, १४ : ५६
प्रदेश नम्बर ३ मा इम्बोष्ड प्लेटका लागि सोमबारबाट आवेदन खुल्ने

काठमाडौं । सरकारले सोमबारदेखि सवारी साधनमा नयाँ प्रविधिको इम्बोष्ड प्लेट वितरण प्रक्रिया सुरु गर्ने भएको छ । यातायात व्यवस्था विभागले सोमबारदेखि ३ पाङ्ग्रे, ४ पाङग्रे साना र ४ पाङग्रे ठूला सवारी साधनमा इम्बोष्ड प्लेट वितरणका लागि अनलाईन सेवामार्फत् आवेदन खुला गर्ने भएको हो । 

प्रदेश संरचना अनुसार नै इम्बोष्ड नम्बर वितरणको काम सुरु गर्न लागिएको विभागका प्रवक्ता डा। टोकराज पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार इम्बोष्ड नम्बर प्लेट वितरण भने पहिलो चरणमा प्रदेश नम्बर ३ बाट सुरु हुनेछ । इम्बोष्ड नम्बरका लागि आवेदन ललितपुरको एकान्तकुनास्थित साना तथा ठूला सवारी व्यवस्थापन कार्यालयमा दिने व्यवसथा मिलाइएको छ । 

इम्बोष्ड प्लेट लिन ३ पाङग्रेका लागि २ हजार ९ सय, ४ पाङग्रे सानाका लागि ३ हजार २ सय र ४ पाङग्रे ठूला सवारीका लागि ३ सय ६ सय शुल्क बुझाउनु पर्नेछ । प्रवक्ता पाण्डेले इम्बोष्ड प्लेटमा अंचलको सट्टा प्रदेश नम्बर उल्लेख गर्न लागिएको पनि स्पष्ट पारे ।

सरकारले गत कार्तिक १३ गते इम्बोष्ड प्लेटका लागि आवेदन खुला गर्ने निर्णय राजपत्रमार्फत् सार्वजनिक गरेको थियो । सोही सूचनाको आधारमा अव इम्बोष्ड प्लेटका लागि आवेदन खुला गरिएको पनि प्रवक्ता पाण्डेले स्पष्ट पारेका छन् ।

सरकारले अरु प्रदेशहरुमा पनि इम्बोष्ड नम्बर वितरणको काममा ढिलाई नगर्ने पनि स्पष्ट पारेको छ । क्यालेन्डर बनाएरै इम्बोष्ड नम्बर वितरणको कामलाई अरु प्रदेशहरुमा पनि एकैसाथ सुरु गर्न लागिएको विभागले जनाएको छ ।

विभागका प्रवक्ता पाण्डेले प्रदेशको नामाकरण भएपछि पनि काम लाग्ने गरी इम्बोष्ड प्लेटको व्यवस्था गरिएको बताएका छन् । सरकारले सवारी साधन तथा यातायात नियमावली संशोधन गरी सवारी साधनमा अत्याधुनिक इम्बोष्ड नम्बर राख्ने निर्णय गरेको थियो ।

के हो इम्बोस्ड नम्बर रु
यो नम्बर धातुको प्लेटमा विद्युतीय तथा यान्त्रिक माध्यमद्वारा अक्षर र अंक लेखिन्छ । उप्काउन नसकिने ९तापबाट छापिने० होलोग्राम पनि नम्बर प्लेटमै हुनेछ । सरकारले तय गरेको नमुना अनुसार प्लेटको बीचको माथिल्लो भागमा प्रदेश नम्बर राखिनेछ । नम्बर प्लेटको कुनातिर सात डिजिट खोपेका लेजर अक्षर हुनेछन् जसको भित्र अर्कै गोप्य सूचना राखिनेछ । यस्तो सूचना कम्प्युटर प्रविधिबाट मात्र पढ्न सकिन्छ । 

गृहकार्य लामो 
२०४८ सालदेखि नै इम्बोस नम्वर लागु गर्ने गृहकार्य भएको थियो । तर, विभिन्न प्राविधिक समस्याका कारण सरकारले यो व्यवस्था लागु गर्न सकेको थिएन । २०४८, ५८,६०,६६,६७, मा पनि सरकारले इम्बोस्ड नम्बर लागु गर्ने जमर्को गरेको थियो । तर, पछिल्लो समय सरकारले देशभरका सवारीसाधनमा उच्च प्रविधिको ‘इम्बोस्ड नम्बर प्लेट’ जडानका लागि कम्पनी छनोट गरेको डेढ बर्ष वितेको छ । यातायात व्यवस्था विभागले २०७३ वैशाखमा पाँच वर्षभित्र देशभरका करिब २५ लाख सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने ठेक्का बंगलादेश र अमेरिकन संयुक्त कम्पनी डेकाटुर टाइगरलाई दिएको हो ।

प्रतिक्रिया दिनुहोस