नवलपरासी । पूर्वी नवलपरासीको गैंडाकोट २ भृकुटीचोकमा आज बिहान दुई वटा ट्रकमा आगजनी गरिएको छ ।
कपिलबस्तुको चनौटाबाट पराल बोकेर हेटौंडातर्फ जाने क्रममा भृकुटीचोकमा रोकिएका ना २ ख ८४८७ र ना २ ख २५४८ नम्बरका ट्रकमा आगजनी गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, आगलागी शुरु हुनासाथ प्रहरीले तत्कालै आगो नियन्त्रणमा लिएकाले ट्रकमा धेरै क्षति हुन पाएन । आगलागीबाट ट्रकमा भएको पराल भने नष्ट भएको इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डको पक्राउको विरोधमा आज नेपाल बन्द आव्हान गरेको छ । बन्दको पूर्वसन्ध्यामा आगजनी गरेकाले त्यही पार्टीका कार्यकर्ताहरुले आगजनी गरेको आशंका प्रहरीले गरेको छ । ट्रकमा आगजनी गर्नेको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ साउन २०७५, १० : ४८
लेखकबाट थप