काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाले आज विश्वासको मत लिने तयारी गरिरहँदा उपसभामुख सृजना दनुवार भने काठमाडौं आएकी छिन् । उनी काठमाडौं आएसँगै थापाले विश्वासको मत पाउने सम्भावना क्षिण भएको छ ।
आजको प्रदेश सभा बैठकको अध्यक्षता नगर्ने भन्दै उनी एती एयरलाइन्सको पहिलो उडानबाट काठमाडौं आएकी हुन् । दनुवारले बैठक सञ्चालन गर्ने जिम्मेवारी कांग्रेसका सांसद इस्माइल मन्सुरीलाई दिएकी छिन् । मन्सुरीले बैठक सञ्चालन गरे थापाले विश्वासको मत नपाउने पक्का छ । ९३ सदस्यीय प्रदेशसभामा सत्ता गठबन्धनसँग ४७ मत मात्रै छ । तर राजनीतिक दाउयपेचकाबीच थापाले विश्वासको मत लिने प्रक्रियामा जटिलता आउने संकेतहरु देखिएका छन् ।
एमालेकी उपसभामुख दनुवार पार्टीको निर्देशनअनुसार बैठकमा अनुपस्थित हुने सम्भावना विश्वासको मत लिने प्रक्रियामा जटिलता आउन सक्ने संकेत देखिएको हो । आफैंले बोलाएको बैठकमा अनुपस्थित हुनु संसदीय मर्यादाविपरीत भनिएपनि सरकार बनाउने र ढाल्ने जोडघटाउमा उपसभामुखको भूमिका निर्णय मानिएको छ । उपसभामुखको अनुपस्थिति संख्यात्मक हिसाबले अर्थपूर्ण हुने देखिएको छ ।
उपसभामुख दनुवार वा प्रतिपक्षी दलले प्रदेशसभाको अध्यक्षता गरिदिने अवस्थामा मात्रै मुख्यमन्त्री थापाले विश्वासको मत प्राप्त गर्नसक्ने अंक गणितीय जटिलताले सत्ता र प्रतिपक्ष दुवै आ–आफनै सत्ता स्वार्थको राजनीतिक दाउपेचमा लागेका हुन् । ९३ सदस्यीय प्रदेशसभामा सत्तारुढ गठबन्धन दल कांग्रेसका २९, माओवादी केन्द्रका १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ गरी ४७ छन् ।
प्रमुख प्रतिपक्षी एमालेका उपसभामुखसहित ४० र राप्रपाका ६ गरी प्रतिपक्षमा ४६ प्रदेश सांसद छन् । प्रदेशसभामा विश्वासको मत लिन ४७ सदस्यको समर्थन आवश्यक छ । सत्तारुढ गठबन्धन दलसँग बहुमत ४७ सदस्य पनि छन् तर त्यो बहुमत उपसभामुख दनुवार वा एमाले र राप्रपाका अध्यक्ष मण्डलका सदस्य र ज्येष्ठ सदस्यले प्रदेशसभा बैठकको अध्यक्षता गरिदिने अवस्थामा मात्रै कायम रहने जटिलता छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ भदौ २०८०, ११ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोशी प्रदेशले संकटग्रस्त सहकारीको व्यवस्थापन गर्न समिति गठन गर्ने
ध्यान योगलाई विद्यालयस्तरसम्म जोड्नुपर्छ : मुख्यमन्त्री कार्की
कांग्रेसको कोशी सम्मेलन सुरु
कोशी प्रदेशका सडकमा टाइम कार्ड सुरु, १५ स्थानमा चेकिङ हुने
विराटनगर किङ्सले एनपीएल जिते ३० लाख पुरस्कार दिने कोशीका मुख्यमन्त्रीको घोषणा
कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा