काठमाडौं । सभामुख देवराज घिमिरेले लगातार संसद अवरुद्ध हुँदा सांसदहरुबारे जनतामा नकारात्मक सन्देश गएको बताएका छन् । उनले आइतबार राष्ट्रिय मान्यता प्राप्त दलका प्रमुख सचेतकहरुलाई छलफलमा बोलाएका थिए । बैठकमा एमालेले सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने अडान दोहोर्याएको छ भने सत्तारुढ दलहरु त्यसमा सहमत भएका छैनन् ।
बैठकमा सभामुख घिमिरेले भने १० साउनयता मात्र आफूले सहमतिको प्रयासमा तीन पटक शीर्ष नेताहरुको बैठक राखेको, ९ पटक सचेतक तथा प्रमुख सचेतकसँग छलफल गरेको बताए । तर प्रमुख प्रतिपक्ष आफ्नो अडानबाट तलमाथि नहुने, सत्ता पक्ष त्यसमा सहमत नहुने अवस्था कायमै रहँदा सदन बन्धक भएको बताए ।
यसले सांसदहरु पनि भत्ता मात्र खान्छन् भन्ने नकारात्मक सन्देश जनतामा गएको भन्दै उनले दलहरु गम्भीर हुनुपर्ने बताए । ‘म सभामुख छु, तपाईहरु प्रमुख सचेतक/सचेतक हुनुहुन्छ’ उनले अगाडि भने, ‘अहिले व्यवस्था बलियो बनाउने भूमिमा हामी छौं । हामी नै जिम्मेवार बनेनौं भने न संसदीय प्रणाली बलियो हुन्छ, न सांसदहरुबारे जनताको दृष्टिकोण राम्रो रहन्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ भदौ २०८०, १३ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लोकतान्त्रिक मूल्यप्रति प्रतिबद्ध रहन प्रजातन्त्र दिवसले प्रेरणा दिन्छ : सभामुख घिमिरे
सभामुखले बोल्न समय नदिएको भन्दै सदन छाडेर हिँडिन् सुमना
विपिन जोशीको रिहाइका लागि सभामुखद्वारा अरब संसद्का अध्यक्षलाई पत्र
सभामुख घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै
रवि लामिछाने संसदीय दलको कार्यालय जाँदै, सभामुखलाई भेट्ने
सहिदको बलिदानलाई सम्मान गर्नु नै सच्चा श्रद्धाञ्जली :सभामुख घिमिरे