चितवन । विराटनगर महानगरपालिकामा अज्ञात समूहद्वारा हिजो आइतबार भएको बम बिस्फोटको घटनाप्रति भरतपुर महानगरपालिकाले घोर निन्दा एवम् भत्र्सना गरेको छ । महानगर प्रमुख रेनु दाहालले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै घटनाको निन्दा र भत्र्सना गर्नुभएको हो ।
‘यूगान्तकारी परिवर्तनपछि तीनै तहको निर्वाचन सम्पन्न भई तीनै तहले आआफ्नो जिम्मेवारीहरु पूरा गर्दै देश नेपाली जनताको शान्ति, स्थायित्व र दिगो विकासको प्रक्रियामा अगाडि बढिरहेको आमनेपाली जनसमुदायलाई विदितै छ’ विज्ञप्तिमा भनिएको छ, ‘देशले शान्ति, स्थायित्व र विकासको गति लिइरहेको अवस्थामा आइतबार विराटनगर महानगरपालिकाको कार्यालयमा जनधनको क्षति पु¥याउने उद्देश्यले गरिएको कायरतापूर्ण बम बस्फाटको घटनाले भरतपुर महानगरपालिकालाई गम्भीर तुल्याएको छ।’
‘कर्तव्यनिष्ठ जनप्रतिनिधिलाई हतोत्साहित गर्ने गरी गरिएको सांघातिक, मानवता विरोधी बम बिस्फोटको घटनाको भरतपुर महानगरपालिका घोर निन्दा एवम् भ्रत्सना गर्दछ’ विज्ञप्तिमा अगाडि भनिएको छ, ‘जुनसुकै समूह र जेसुकै स्वार्थले गरिएको भएपनि यस्ता घटना मानवताविरोधी, अवाञ्छित र जनविरोधी रहेकोमा भरतपुर महानगरपालिका दृढ छ ।’
बम बिस्फोटको घटनालाई कायरतापूर्ण भन्दै विज्ञप्तिमा विराटनगर महानगरपालिका प्रमुख भिम पराजुली लगायत सम्पूर्ण जनप्रतिनिधिहरुलाई उच्च मनोबलका साथ जनसेवामा क्रियाशील हुन आग्रह गरिएको छ । घटनाका दोषीहरुलाई खोजी गरी तत्काल कानुनी कारबाही गर्न भरतपुर महानगरपालिकाले नेपाल सरकारसमक्ष जोडदार माग गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ साउन २०७५, १७ : ५९
लेखकबाट थप