आइएमई जनरल इन्स्योरेन्स र सि.पि. अस्पतालबीच सम्झौता

सफल खबर संवाददाता

सोमबार, २८ साउन २०७५, १७ : ३९
आइएमई जनरल इन्स्योरेन्स र सि.पि. अस्पतालबीच सम्झौता

स्वास्थ्य सेवामा ग्राहकको पहुच सहज र सर्वसुलभ बनाउने लक्ष्यका साथ आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र सि.पि.अस्पताल प्रा.लि. धनगढी, कैलालीबीच आफ्ना ग्राहकहरुलाई नगद रहित अन्तरंग सेवा प्रदान गर्ने सहकार्यका लागि आपसी सम्झौता पत्रमा हस्ताक्षर भएको छ  । यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुलाई बीमालेखको सीमासम्म सि.पि.अस्पताल प्रा.लि. धनगढी, कैलालीबाट नगदरहित हस्पिटलाईजेसन सेवा प्राप्त हुनेछ ।
उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक पवन थापा र सि.पि.अस्पताल प्रा.लि. धनगढी, कैलालीका तर्फबाट अस्पताल प्रशासकीय निर्देशक विकाश मौनीले हस्ताक्षर गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस