नवलपरासीको बौदीकालीमा जनताबैँकले गर्‍यो नयाँ शाखाबाट कारोवार सञ्चालन

सफल खबर संवाददाता

सोमबार, २८ साउन २०७५, १५ : १७
नवलपरासीको बौदीकालीमा जनताबैँकले गर्‍यो  नयाँ शाखाबाट कारोवार सञ्चालन

नवलपरासी । वित्तीय सेवामार्फत पनि संघियतालाई  दह्रो बनाउने उद्देश्यले स्थानीय तहबाटै सेवादिनको लागि बैंकिङ्ग सेवा ७६६ स्थानीयतहमा पुग्नुपर्ने नियमन र सरकारको चाहना अनुसार दुर्गम स्थानका स्थानीयतह सम्म शाखा पु¥याई बैंकिङ्ग क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल रहेको यस जनता बैंक नेपाल लिमिटेडले पूर्वी नवलपरासीको बौदीकालीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बौदीकाली गाउँपालिका वडा नम्बर २, डेढगाउँमा खोलिएको बौदीकाली शाखा जनता बैंकको १२२ औं शाखा हो ।

नवलपरासी जिल्लाको विकट भौगेलिक अवस्थामा रहेको बौदीकाली गाउँपालिकाका स्थानीय व्यापारी तथा उद्यमी र सर्वसाधारणहरु बैंकिङ कारोवारको लागि राजमार्ग आसपास झर्नै पर्ने बाध्यतालाई यस शाखाले राहत पु¥याउने विश्वास लिइएको छ । ग्राहकहरुले अन्य शाखाहरुबाट जस्तै यस शाखाबाट पनि निक्षेप, कर्जा, रेमिट्यान्स सेवा लगाएत सम्पूर्ण आधुनिक बैंकिङ् सेवा प्राप्तगर्न सक्नेछन् ।

योसँगै बैँकले देशैभरी फैलिएका यस बैँकको १२२ शाखा, ७० एटिएम, २ एक्स्टेनसन काउन्टर र ४० शाखारहित बैँकिङहरुबाट ५ लाखभन्दा बढी ग्राहकहरुलाई बैंकिङ सेवा प्रदानगर्दै आइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस