सुनिल शर्मालाई रिहा गर्न अदालतकाे आदेश

सफल खबर संवाददाता

शुक्रबार, २६ साउन २०८०, १८ : ५५
सुनिल शर्मालाई रिहा गर्न अदालतकाे आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई रिहा गर्न आदेश दिएको छ।

जिल्ला अदालतका न्यायाधीश डण्डपाणि शर्माको इजलासले डा. शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

शर्मालाई नक्कली प्रमाणपत्र प्रकरणमा सीआइबीले  बिहीबार पक्राउ गरेकाे थियाे । नक्कली प्रमाणपत्र प्रकरणमा  पक्राउ परेका शर्मा बाहेक अन्य पाँच जना चिकित्सकलाई ५ दिनको समय दिइएको छ।

प्रतिक्रिया दिनुहोस