चितवन । भरतपुर महानगरपालिकाले डेङ्गी रोग परीक्षणका लागि शुल्क तोकेको छ । डेङ्गीको परीक्षणमा जथाभावी रुपमा शुल्क लिन थालेपछि महानगरपालिकाले शुल्क निर्धारण गरेको हो । महानगरपालिकाले बुधबार एक विज्ञप्ती जारी गर्दै डेङ्गी परीक्षणका लागि आधिकतम मुल्य ६ सय रुपैयाँ तोकेको छ ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले शुल्कमा एक रुपता होस् र नागरिकलाई सजह स्वास्थ्य सेवाका लागि शुल्क तोकिएको बताईन् । उनले महानगरका सम्बन्धित सबै स्वास्थ्य संस्थाहरुलाई समयमै रिपोर्ट दिन समेत अनुरोध समेत गरिन् ।
जिल्लाका ल्याबहरुमा डेङ्गी परीक्षणको शुल्क एकरुपता नभएको गुनासो आएपछि शुल्क निर्धारण गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत तेजेन्द्र प्रसाद पौडेलले जानकारी दिए । ‘देशैभरी डेङ्गी रोग फैलिरहेको छ । यसमा महानगरपालिकासमेत उच्च जोखिममा छ । तर, रोग निदानका लागि गरिने परीक्षणमा एकरुपता नभएको गुनासो आएपछि सरोकारवालाहरुसँगको बैठकको निर्णय अनुसार अधिकतम दस्तुर रकम ६ सय लिन अनुरोध छ’–उनले जारी गरेको विज्ञप्तीमा भनिएको छ । उनले सबै स्वास्थ्य संस्थालाई लागु गर्न समेत अनुरोध गरे । डेङ्गी परीक्षण गरेको कुनै ल्याबले भरतपुरमा हजार रुपैयाँ लिने गरेका छन् ।
नेपालमा डेङ्गी रोगको संक्रमण पहिलो पटक चितवनमा देखिएको हो । यहाँ एक वर्षको अन्तरालमा डेङ्गीको महामारी नै हुने गर्दछ । साउन यता जिल्लामा ४६ जनामा संक्रमण देखिएको छ । सबैभन्दा बढी भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकामा भेटिएको छ । त्यहाँ ७÷७ जना डेङ्गीका बिरामी फेला परेको स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ । यहाँ अन्य जिल्लाका १४ र ठेगाना नखुलेका ६ जना संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा जिल्लामा १ जना संक्रमित थपिएका स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ साउन २०८०, ११ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनको गाजर र चुकन्दर जर्मन निर्यात
भरतपुर महानगर र दाङको राप्ती गाउँपालिकाबीच भगनी सम्बन्ध कायम
भरतपुरमा भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत सकियो
भरतपुर महानगरपालिकाद्धारा तीन पाङ्ग्रे अटोको रुट परमिट दिन सुरु
पुंगी खोलाको अवैध संरचना भत्काउने कार्य जारी
भरतपुर महानगरमा छोरी बीमा कार्यक्रम