काठमाडौ । नेकपा (एकीकृत समाजवादीं) का अध्यक्ष माधवकुमार नेपाल युरोप यात्रामा निस्किएका छन्।
पार्टी उपाध्यक्ष बेदुराम भुसाललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर नेपाल सोमबार बिहान जेनेभा प्रस्थान गरेका हुन्।
युरोप यात्राको क्रममा नेपालले प्रवासी नेपाली एकता मञ्चले स्विजरल्याण्ड, स्पेन, क्रोयसिया र बेलायतमा आयोजना गर्ने विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम छ।
जेनेभा प्रथान गर्नुअघि नेता नेपालले उताबाट फर्किएपछि पार्टीको पोलिटव्युरो र केन्द्रीय कमीटीको बैठक बस्ने जानकारी दिए।
विश्वका विभिन्न देशमा ठूलो संख्यामा नेपालीहरुको बसोबास रहेको चर्चा गर्दै उनले प्रवासी नेपालीको नेपालप्रतिको माया र सद्भावलाई जीवन्त राख्न आफ्नो भ्रमणले सहयोग पुग्ने विश्वास पनि व्यक्त गरे।
अध्यक्ष नेपाल आगामी भदौ १ गते नेपाल फर्कने कार्यक्रम रहेको एकीकृत समाजवादीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ साउन २०८०, १० : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजनीतिमा संकट देख्नेवित्तिकै विचलित हुने व्यक्तिले केही गरीखाँदैन : माधव नेपाल
कृषि उत्पादनमा मुलुक आत्मनिर्भर हुनुपर्छ : माधव नेपाल
माधव नेपालले बोलाए संसदीय दलको बैठक
हामीले मन्त्री र प्रधानमन्त्री बन्न मरिहत्ते गरेका छैनौं : माधव नेपाल
हामी दक्षिणपन्थी अवसरवादको विरुद्धमा छौं : माधव नेपाल
गठबन्धन कतिन्जेल टिक्छ भन्न सकिँदैन : माधव नेपाल