गायिका मेलिना राईको स्वरमा यस्तो बनेर आयो यो बर्षको तीज गीत “ओठमा लाली ” (भिडियोसहीत)

सफल खबर संवाददाता

शनिबार, २६ साउन २०७५, १९ : ३४
गायिका मेलिना राईको स्वरमा यस्तो बनेर आयो यो बर्षको तीज गीत “ओठमा लाली ” (भिडियोसहीत)

चितवन ।  अहिलेका चर्चित गायिका मेलिना राईको आवाजमा रहेको तीज गीत “ओठमा लाली ” सार्वजनिक भएको छ । गत बर्षको तीजमा गायिका मेलिना राईको आवाजमा रहेको गीतले निकै चर्चा पाएको थियो र यो बर्ष हालसम्म गायिका राईको कुनै पनि गीत सुन्न पाईएको थिएन तर अहिले भने कामना डिजिटलले गीतकार प्रकाश केसी को शब्द र संगीतकार सन्तोष श्रेष्ठको संगीतमा गायिका मेलिना राईको आवाजमा तीज गीत बजारमा ल्याएको छ ।

म्युजिक नेपाल मार्फत सार्वजनिक गरिएको गीतमा चर्चित मोडल सिर्जना पौडेल लाई फिचर गरिएको छ । मोडल सिर्जना पौडेलले थुप्रै मुजिक भिडियोमा आफ्नो अभिनय र कला देखाई सकेकी छिन । अत्याधिक कोरसहरुलाई समाबेस गरिएको यस गीतको भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका छ्न । भिडियोमा प्रकास खडकाको सिनेमाटोग्राफी र मिलन बिकको सम्पादन एबम रङ्ग संयोजन रहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस