चितवन । साफ यु–१९ च्याम्पियनसिप फुटबलको प्रदेश छनौटका लागि चितवनबाट ३८ जना खेलाडी छनौट भएका छन् । साउन १० देखि १६ गतेसम्म बिभिन्न चरणमा भएको छनौटबाट ३८ जना छानिएका हुन्।
पालिकास्तरबाट जिल्लास्तर हुँदै ३८ जना छनौट गरिएको चितवन जिल्ला फुटबल संघका महासचिव रामहरि ढकालले जानकारी दिए ।छनौट भएका खेलाडीहरुमा नुर्वल राना मगर, कुशल गुरुङ, युवराज राना, चित्रबहादुर कुमाल, जीवन दुरा, राजु चौधरी, सुरजप्रसाद शाह, आयुष मोक्तान, निखिल रानाभाट, सुलभ थापा, बसन्त कुमाल, रोहित नेपाली, समिर श्रेष्ठ, दीपेश गुरुङ, बिनोद तमाङ बिशाल तमाङ, ओमप्रकाश नेपाली, लंक खत्री र कुमार गुरुङ रहेका छन् ।
यस्तै सुदीप गुरुङ, लकमान गुरुङ, सुजल गुरुङ, प्रनिश गुरुङ, अभिषेक गुरुङ, देव तामाङ, छिरिङ तामाङ, शुभम गुरुङ, नारायण पौडेल क्षेत्री, समर्पण लुङ्गेली, जेनिश ढकाल र उज्यन पौडेलले पनि छनौट भएका छन् । ३८ खेलाडीमा निखिल अधिकारी, विश्वास खड्का, निशल मगर, एन्जल लामा, दीपेश सापकोटा, राजन तमाङ र निशल मगर पनि अटाएका छन् ।
एक साताको छनौट कार्यक्रमबाट चितवन जिल्ला फुटबल संघका प्रशिक्षक सुमन श्रेष्ठले उनीहरुलाई छनौट गरेका हुन्। जिल्लाबाट छानिएका ३८ खेलाडीहरु बागमति प्रदेश स्तरीय छनौटका लागि २० गते काठमाडौं प्रस्थान गर्ने ढकालले बताए । प्रदेश छनौटपछि अखिल नेपाल फुटबल संघले अन्तिम चरणको छनौट गर्ने चितवन फुटबल संघका अध्यक्ष श्रीकृष्ण कार्कीले जानकारी दिए । एन्फाले गर्ने अन्तिम छनौटबाट छनौट हुने खेलाडीहरु घरेलु मैदानमा हुने यु १९ साफ च्याम्पियनसिपका लागि छनौट हुनेछन्। यु १९ साफ च्याम्पियनसिप असोज ४ देखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ साउन २०८०, १६ : ५०
लेखकबाट थप