काठमाडौं । प्रमुख प्रतिपक्षी एमालेले बिहीबारको राष्ट्रियसभाको बैठक पनि अवरुद्ध गर्ने भएको छ । सुन तस्करी प्रकरण छानविनका लागि विज्ञहरुको उच्च स्तरीय समिति माग गर्दै प्रतिनिधिसभाको बैैठक अवरुद्ध गर्दै आएको एमालेले अब राष्ट्रियसभा पनि अवरुद्ध गर्ने भएको हो । सरकारले छानविन समिति बनाउन बेवास्ता गरेकाले राष्ट्रियसभा पनि अवरोध गरिने एमालेले जनाएको छ ।
राष्ट्रियसभाको बैठक बिहीबार दिउँसो १ बजे बस्दैछ । बैठकमा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको छ ।
यसैगरि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रबारे जानकारी गराउने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
बिहीबारको बैठकमा ‘संविधानअनुसार बन्न बाँकी कानूनहरूको अध्ययन प्रतिवेदन, २०८०’ सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची पनि छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ साउन २०८०, ११ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले महासचिव र रुसी कुटनैतिक अधिकारीबीच भेट
अध्यादेशबारे विपक्षीले अनावश्यक भ्रम सिर्जना गरे : एमाले
पाँच जना नेता एमालेबाट निष्कासित
यस्तो छ एमाले सचेतक बरालले संसदमा दर्ता गराएको जरुरी सार्वजनिक महत्वको प्रस्ताव (पूर्णपाठ)
एमाले संसदीय दलको बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
एमाले विधान महाधिवेशन : ७० वर्षे उमेर हद वैधानिक रूपमै हट्ने