काठमाडौं। ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाहरुलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । उनीहरुलाई थप अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंले सात दिनको म्याद थप गरेको हो ।
उक्त प्रकरणमा भाटभटेनी सुपर मार्केटका सञ्चालक मिनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, तत्कालीन मालपोत कार्यालय डिल्लीबजारका प्रमुख कलाधर देउजा लगायत २१ जना प्रहरी हिरासतमा रहेका छन् ।
उक्त प्रकरणमा सिआईबीले चार सय छ जनाको पक्राउ पुर्जी अनुमति लिएको छ । उनीहरु विरुद्ध ‘संगठित किर्ते’ अभियोग लगाएर मु्द्दा चलाउने प्रहरीको तयारी रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ साउन २०८०, १९ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ललिता निवास प्रकरणका तीन मुद्दा सर्वोच्चमा सुनुवाइ हुँदै
ललिता निवास प्रकरणमा रामकुमार सुवेदी र शोभाकान्त ढकालसहित १२ जना दोषी ठहर
ललिता निवास प्रकरणमा विजय गच्छदार र डम्बर श्रेष्ठले पाए सफाइ
ललिता निवास प्रकरणमा दीप बस्न्यात र छविराज पन्त दोषी ठहर