काठमाडौ । बुधबार गोलभेँडाको मूल्य प्रतिकिलो १५० रुपैयाँसम्म पुगेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बुधबार गोलभेँडा ठूलो (नेपाली) को अधिकृत मूल्य प्रतिकिलो १५० रुपैयाँ कायम भएको हो ।
यस्तै गोलभेँडा सानो (नेपाली) को ६० तथा सानो (टनेल) को गोलभेँडाको मूल्य पनि प्रतिकिलो १०० रुपैयाँ पुगेको छ ।
भारतीय गोलभेँडा आउन छाडेसँगै नेपाली बजारमा मूल्य आकाशिन पुगेको बताइएको छ ।
करिब एक महिनाअघि गोलभेँडाको मूल्य १० रुपैयाँ प्रतिकिलो भएपछि व्यापारीले भ्याटको बहानामा फालेर विरोध समेत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ साउन २०८०, ०८ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गोलभेँडाको मूल्य हालसम्मकै उच्च, थोकमै प्रतिकिलो १८० रुपैयाँ
दुई सातामा प्रतिकिलो ६१ प्रतिशतसम्म महँगियो गोलभेँडा