एजेन्सी। अमेरिकामा फेरि कोरोना सङ्क्रमण बढेको छ । सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) ले कोरोना सङ्क्रमित बिरामी अस्पताल भर्ना हुनेको क्रम बढ्दै गएको जनाएको छ ।तथ्याङ्क अनुसार अस्पताल भर्ना हुनेको सङ्ख्या १० प्रतिशतले बढेको छ ।
जुन सन् २०२२ को डिसेम्बरयताकै तीव्र वृद्धि हो । जुलाई दोस्रो हप्तामा ७ हजार १ सयभन्दा धेरै कोभिडका बिरामी अस्पतालमा भर्ना भएको तथ्याङ्क छ ।सीडीसीका प्रवक्ता क्याथलीन कोन्लीले गएको हप्ता पनि अस्पतालमा भर्ना हुने सङ्ख्या बढेको र सङ्क्रमण बढेपछि यसले फेरि चिन्ता थपिएको बताए ।
तर सङ्क्रमणबाट हुने मृत्युदर भने न्यून रहेको सीडीसीलाई उद्धृत गरी अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गएको वैशाख तेस्रो हप्ता कोभिड–१९ आपतकाल अन्त्यको घोषणा गरेको थियो ।
विश्वव्यापी स्वास्थ्य आपतकाल अन्त्यसँगै सङ्क्रमण रोकथामका लागि अपनाउने गरिएका सतर्कता हटेका थिए । तर डब्ल्यूएचओले सङ्क्रमण रोकथामका आवश्यक उपायहरु अपनाउन आग्रह गरेको थियो ।
चीनको वुहान सहरबाट शुरु भएको कोरोना भाइरस सङ्क्रमणले विश्वव्यापी महामारीको रुप लिएको थियो । भाइरसको फैलावट रोक्न डब्ल्यूएचओले कडा प्रतिबन्धात्मक नियम लागू गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ साउन २०८०, १३ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण
सुदूरपश्चिममा सात जनामा कोरोना पुष्टि
थप दुई जनामा कोरोनाको नयाँ भेरिएन्ट जेएन वान् सङ्क्रमण
नेपालमा भेटियो कोरोनाको नयाँ भेरियन्ट
विश्वभर बढे कोरोना संक्रमित, सतर्कता अपनाउन आग्रह
चीनमा पुनः कोरोना : अक्टोबरमा २४ जनाको मृत्यु