चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकार गठनमा संवैधानिक जटिलता नरहेको दाबी गरेका छन् ।
प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचनको परिणाम सार्वजनिक हुनेवित्तिकै राष्ट्रपतिले सरकार गठन प्रक्रिया अघि बढाउनु पर्ने उनले बताए । बालकोटस्थित आफ्नै निवासमा कुरा गर्दै ओलीले भने, ‘कुनै संवैधानिक जटिलता छैन । आफ्नो प्रक्रियाबाट अघि बढ्छ । सरकार गठन परिर्वतन प्रतिनिधिसभाको स्वतन्त्र विजनेश हो ।’
निर्वाचन आयोगले प्रक्रिया नै पुरा गर्न बाँकी रहेको उनले बताए । ओलीले भने, ‘काम चलाउ सरकारले व्यवधान गर्यो भनेको होइन । खाली अभिव्यक्ति अनुचित छ ।’
प्रतिक्रिया दिनुहोस