स्नातकलाई फेरि तीन वर्षमा झार्ने तयारी

पत्रपत्रिकाबाट

विहीबार, ०४ साउन २०८०, ०७ : ३३
स्नातकलाई फेरि तीन वर्षमा झार्ने तयारी

काठमाडौ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले हाल चारवर्षे बनाएको स्नातक तहको पढाइलाई फेरि तीनवर्षे बनाउने तयारी गरेको छ ।

चारवर्षे बनाउँदा निरन्तर विद्यार्थी सङ्ख्या घट्न थालेपछि विश्वविद्यालयमा यस विषयमा छलफल सुरु भएको छ ।
त्रिविले सबैभन्दा पहिला २०७१–७२ सालदेखि व्यवस्थापन शंकायबाट स्नातक तहलाई चारवर्षै बनाउन सुरु गरेको थियो।

मानविकी तथा सामाजिकशास्त्र शंकायमा चारवर्षे प्रावधान लागु भएको एक चक्र पनि पूरा भएको छैन। चारवर्षे पढाइका लागि प्रथम ब्याचमा भर्ना भएका यस सहकायका विद्यार्थीले अहिले तेस्रो वर्षको परीक्षा दिइरहेका छन् । गोरखापत्रमा खबर छ  ।

प्रतिक्रिया दिनुहोस