काठमाडाैं । ललिता निवास प्रकरण बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि भोलि (बुधबार) पनि सुनुवाइ हुने भएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको संयुक्त इजलासमा आज बहस हुँदाहुँदै समय सकिएपछि उक्त विवादमा भोलि सुनुवाइ हुने भएको हो ।
उक्त प्रकरणमा कीर्ते गरेको अभियोगमा सचिव कृष्णबहादुर राउत, निर्वाचन आयोगका पूर्वआयुक्त सुधिरकुमार शाह, व्यवसायी मीनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्वकर्मचारी धर्मप्रसाद गौतमलाई पक्राउ गरी अनुसन्धान सुरू गरेपछि सर्वोच्च अदालतमा बन्दीको रिट निवेदन दायर गरिएको थियो ।
सर्वोच्च अदालतले सो विवादसम्बन्धी छ थान रिट निवेदन एकै ठाउँमा राखेर सुनुवाइ गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ साउन २०८०, १९ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ललिता निवास प्रकरणका तीन मुद्दा सर्वोच्चमा सुनुवाइ हुँदै
ललिता निवास प्रकरणमा रामकुमार सुवेदी र शोभाकान्त ढकालसहित १२ जना दोषी ठहर
ललिता निवास प्रकरणमा विजय गच्छदार र डम्बर श्रेष्ठले पाए सफाइ
ललिता निवास प्रकरणमा दीप बस्न्यात र छविराज पन्त दोषी ठहर