मुगु । कर्णालीसहित मुगुमा आइतबार बाट सबै घरघरमा प्रहरीको फोन नम्बरसहितको स्टिकर टाँस अभियान शुभारम्भ भएको छ । सेवा प्रवाहमा नागरिकलाई सहज र सजिलो होस भन्ने उद्देश्यलृ यो अभियान सुरू गरिएको हो ।
स्वयं आफैँ नागरिक असुरक्षित भएमा अथवा शंकास्पद बस्तु फेला पारेमा वा अन्य केही समस्या परेमा स्टिकरमा उल्लेख भएका सम्पर्क नम्बरहरुमा फाेन गर्ने सकिने जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । स्टिकर अभियानमा छायाँनाथ रारा नगरपालिकाका करिब ५ हजार भन्दा बढि घरधुरीको ढोकामा स्टिकर टाँस गरिने योजना रहेको प्रहरी नायव उपरीक्षक महेश बस्नेतले बताए । उनका अनुसार छाँयानाथ रारा नगरपालिकाको सहयोग र यस जिप्रकाको सहकार्यमा यो कार्यक्रमको थालनी गरिएको बताए ।
स्टिकर टाँस अभियानको शुभारभ जिल्ला समन्य समितिका प्रमुख मञ्जन बहादुर कार्की , छाँयानाथ रारा नगरपालिकाका नगर प्रमुख बिष्णु कुमार भाम, प्रमुख जिल्ला अधिकारी मोहन बहादुर थापा र डिएसपि महेश बस्नेतले सयुक्त रुपमा गरेका हुन् । उनीहरु सगैँ जिल्लाका सराकारवाला निकायले पनि शुभारम्भ गरेका थिए ।
स्टिकर टाँस अभियान सदरमुकाम गमगढी बजारका घरहरूबाट सुरु गरिएको हो । मुगु जिल्लामा रहेका ४ वटा स्थानीय तहरुका घरघरमा स्टिकर टाँस गरिने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ साउन २०८०, १३ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुगुको लिब्रूमा गाडी पुग्यो
मुगुमा फुजी स्याउको व्यावसायिक उत्पादन सुरु
मुगुमा जीप दुर्घटना, दुई जनाको मृत्यु
भेडाबाख्रा पालन बाट खुसि खोज्दै मुगुका किसान, बिमा पनि सँगै
मुगुको सोरुमा भाइरल ज्वरोको प्रकोप : एउटै वडाका ३ जनाको मृत्यु, पालिकाभर बिरामी