दाङ । दाङ क्षेत्र नम्बर ३ मा वाम गठबन्धनका तर्फबाट बागी उम्मेदवारी दिएकी गायिका कोमल ओलीले उम्मेदवारी फिर्ता लिएकी छन् ।
एक महिनाअघि राप्रपाबाट एमालेमा प्रवेश गर्दा पाएको आश्वासन कार्यान्वयन नभएको भन्दै कोमल ओलीले दाङमा उम्मेदवारी दिएकी थिइन् ।
एमाले नेताहरुसँगको छलफलपछि उम्मेदवारी फिर्ता लिने निर्णय गरेको ओलीले अनलाइनखबरलाई बताइन् । उनले भनिन्, ‘अब म वाम गठबन्धनका उम्मेदवारलाई जिताउन दिलोज्यान दिएर लाग्नेछु ।’
त्यस्तै दाङ क्षेत्र नम्बर ३ को प्रदेशसभा ‘क’मा वाम गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका जगप्रसाद शर्माका दुई बागी उम्मेदवारले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।
पार्टीका नेताहरुसँगको छलफलपछि बागी उम्मेदवारी दिने पूर्व सभासद कुवेर ओली र वाईसीएल केन्दि्रय नेता गेदलाल भण्डारीले उम्मेदवारी फिर्ता लिएका हुन् ।
प्रतिक्रिया दिनुहोस