काठमाडौं । सातौं प्रधानमन्त्री कप भलिबल प्रतियोगिता अन्तर्गत महिलातर्फको फाइनल खेलमा एपीएफलाई पराजित गर्दै पुलिसले उपाधि उचालेको छ ।पुलिसले एपीएफलाई २५-१२,२१-२५, २५-२३ र २५-१९ ले एपीएफलाई पराजित गरेको हो ।
पहिलो सेटमा सहज जित हात पारेको पुलिसले दोस्रो सेट भने एपीएफसँग पराजित भयो । तेस्रो सेट एपीएफले अग्रता लिए पनि जोगाउन नसक्दा २५-२३ मा पराजित हुन पुग्यो । चौथो सेटमा अग्रता बनाउँदै जित निकालेको हो । पुरुषतर्फको फाइनल ३ बजे सुरु हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३० असार २०८०, १५ : १८
लेखकबाट थप