बाढीपहिरोले २ राजमार्ग पूर्णतया अवरूद्ध, १५ वटा एकतर्फी

सफल खबर संवाददाता

शनिबार, ३० असार २०८०, १२ : ३८
बाढीपहिरोले २ राजमार्ग पूर्णतया अवरूद्ध, १५ वटा एकतर्फी

काठमाडौं।अविरल वर्षापछि आएको बाढी-पहिरोका दुई वटा राजमार्ग पूर्णतया अवरूद्ध भएका छन् । चतरा-मुलघाट-माझीटार-अमरापुरडाँडा-गणेशचोक (तमोर करीडोर) र चतरा मुलघाट सुभाङखोला सडक  पूर्णतया अवरुद्ध भएको सडक विभागले जनाएको छ । 

 

विभागका अनुसार बाढीपहिरोका कारण १५ वटा एकतर्फी सञ्चालनमा रहेका छन् ।मनसुन शुरू भएयता १७ वटा सडक ९० स्थानमा अवरूद्ध भएको विभागले जनाएको छ । विभागका अनुसार अहिलेसम्म २४ करोड ९६ लाखको क्षति भएको विभागको अनुमान छ । 

प्रतिक्रिया दिनुहोस