काठ। मोटरसाइकल चोरीमा संलग्न २ जनालाई काठमाडौंको कलंकीबाट शुक्रवार ट्राफिक प्रहरीले पक्राउ गरेको छ ।
मकवानपुरको बागमती गाउँपालिका–३ घर भई हाल काठमाडौंको स्वयम्भू ठुलोभर्याङ बस्ने २२ वर्षीय अमृत पाख्रिन तामाङ र बाराको जितपुर सिमरा उपमहानगरपालिका १६ घर भई ठुलोभर्याङ बस्ने २५ वर्षीय बुद्धबहादुर वाइबालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
चोरी भएका मोटरसाइकल खोजतलासको लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको पीडित सहायता इकाईबाट खटिएको टोलीले शंकास्पद अवस्थामा च्यासिस र इन्जिनको भाग कोरिएको ना३२प ६६६३ नम्बरको मोटरसाइकलसहित अमृत पाख्रिन तामाङलाई नियन्त्रणमा लिएको थियो ।
मोटरसाइकलको सम्बन्धमा अनुसन्धान गर्ने क्रममा बुद्धबहादुर वाईबाबाट लिएको भन्ने खुलेपछि वाईबालाई बा९१प १८ ०४ नम्बरको मोटरसाइकलसहित ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
बा९१प १८०४ नम्बरको मोटरसाइकल काठमाडौं उपत्यकाका विभिन्न स्थानमा चोरीमा प्रयोग भएको खुल्न आएको छ । महोत्तरीको जलेश्वर नगरपालिका–२ घर भई हाल ललितपुरको ग्वार्को बस्ने निकेशकुमार साहले ग्वार्कोस्थित पार्किङस्थलबाट प्रदेश ३ ०२ ००२ प ८९७७ नम्बरको मोटरसाइकल गत बुधवार चोरी भएको भनी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।
मोटरसाइकलको चोरीमा पनि उनीहरू नै संलग्न रहेको खुल्न आएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३० असार २०८०, ०९ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नैकाप क्षेत्रमा शृङ्खलाबद्ध चोरी
मुस्ताङका १०३ च्यांग्रा चोरी गरी चितवन ल्याई बिक्री गरेको आरोपमा एक जना पक्राउ
मोटरसाइकल चोरीमा संलग्न तीन जना ट्राफिक प्रहरीको नियन्त्रणमा
सहकारी संस्थामा चोरी गर्ने ६ जना पक्राउ
पार्किङ गरिराखेको स्कुटरबाट २ लाख ४० हजार रुपैयाँ चोरी
झापाको गौरादहमा एकै रात ३ वटा सहकारीमा चोरी, सुरक्षा बढाउन स्थानीयको आग्रह