सरकारले आफूसँग गरेका सहमति पूरा हुने डा. केसीको विश्वास

सफल खबर संवाददाता

मंगलबार, २२ साउन २०७५, १६ : ५२
सरकारले आफूसँग गरेका सहमति पूरा हुने डा. केसीको विश्वास

काठमाडौं । प्राडा गोविन्द केसीले आफूसँग सरकारले  गरेको  नौबुँदे सहमति यथाशीघ्र कार्यान्वयन गर्न आग्रह गरेका छन् । 

शिक्षण अस्पतालबाट मंगलबार डिस्चार्ज  भएलगत्तै पत्रकार सम्मेलनमार्फत केसीले आफूसँग भएको सहमति सरकारले पूरा गर्ने छाँट नदेखाएको भन्दै चाँडै पूरा गर्न आग्रह गरेका हुन्।

२७ दिन लामो  अनशन  त्यसपछिको  उपचारपछि आज डिस्चार्ज  भएका हुन् ।

पत्रकार सम्मेलनमा भावुक हुँदै केसीले भने, ‘सरकारले हामीसँग गरेको सहमतिमै विधेयक आउँछ भन्नेमा ढुक्क छु।

अनशन र त्यसपछिको उपचारका क्रममा रहेको हुनाले बिरामीको सेवा गर्न पाइनँ यसमा क्षमा माग्छु, अब चाँडै नै बिरामीको सेवामा फर्कनेछु।‘

नेपाल सरकारसँग नौबुँदे सहमति भएको थियो। त्यसै सहमतिअनुरूप हाल संसदीय प्रक्रियामा रहेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ मा सत्तारूढ दल तथा विपक्षी दलका सांसदहरूबाट संशोधनसमेत हालिएको छ। 
 

प्रतिक्रिया दिनुहोस