काठमाडौं । पशुचौपायमा देखिएको लम्पी स्किन रोगबारे सरकारको ध्यानाकर्षण गराइएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सत्ता र प्रतिपक्षी सांसदले लम्पी स्किन रोगबाट पशुचौपायको मृत्यु भएको र यसबाट किसानलाई आहत भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रमुख प्रतिपक्षी दल एमालेका प्रमुख सचेतक पदम गिरी र सत्तापक्ष कांग्रेस रामहरी खतिवडाले लम्पी स्किन रोगको महामारी नियन्त्रण गर्न र किसानलाई राहत दिन सरकारको ध्यानाकर्षण गराएका हुन् ।
लम्की स्किन रोग नियन्त्रणका लागि बजेट छुट्याएर तत्काल काम गर्न र पीडित किसानलाई राहत उपलब्ध गराउन उनीहरुले माग गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ असार २०८०, १४ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लम्पी स्किन रोगविरुद्ध भ्याक्सिन उत्पादन गर्न आइएलआरले सहयोग गर्ने