काठमाडौं । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको निरीक्षण भ्रमण गरेका छन्। प्रधानन्यायाधीश कार्कीले गत २२ गते स्वास्थ्य विज्ञान प्रतिष्ठानको निरीक्षण भ्रमण गरेर अध्ययनअध्यापन कार्यक्रम तथा अस्पताल सेवा संचालन र भएको प्रगती विवरणको जानकारी लिएका हुन्।
निरीक्षण भ्रमणका क्रममा प्रधानन्यायाधीश कार्कीलाई प्रतिष्ठानका उपकुलपति, शिक्षाध्यक्ष, रजिष्ट्रार, डीन, सहायक निर्देशक, मेडिकल निर्देशकलगायतका कर्मचारीहरूले स्वागत गरेका थिए।
निरीक्षणका क्रममा प्रधानन्यायाधीश कार्कीले अस्पतालको ओपीडी सेवा तथा विभिन्न वार्डहरूको अवलोकन गरेर उपचार सेवाको बारेमासमेत जानकारी लिएका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ असार २०८०, १९ : १३
लेखकबाट थप