भरतपुरको ग्रीनल्याण्ड स्कुलमा महिलाहरुका लागि व्यतित्व बिकास तालिम सुरु

सफल खबर संवाददाता

आइतबार, २४ असार २०८०, १६ : ३६
भरतपुरको ग्रीनल्याण्ड स्कुलमा महिलाहरुका लागि व्यतित्व बिकास तालिम सुरु

भरतपुर । भरतपुर महानगरपालिका १२ स्थित ग्रीनल्याण्ड पब्लिक स्कुलमा तीन दिने व्यतित्व बिकास तथा उद्घोषण तालिम सुरु भएको छ ।स्कुलकै आयोजनामा आज  (आइतबार) देखि महिलाहरुका लागि उक्त कार्यक्रम सुरु भएको हो । तालिममा भरतपुर १२ भित्रका २३ टोल सुधार समितिका महिलाहरु सहभागी छन् ।

स्कुलकै हलमा सुरु भएको कार्यक्रमको भरतपुर १२ का वडाध्यक्ष लेखराज पन्त (हरि) ले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै वडाध्यक्ष पन्तले वडाले गर्नुपर्ने कार्यक्रम स्कुलले गरेको भन्दै धन्यवाद व्यक्त गरे ।

यस किसिमको तालिम महिलाहरुका लागि अत्यावश्यक रहेको बताए । यसले महिलाहरुको क्षमता बिकासमा निकै महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको भनाइ थियो । उनले तालिम फलदायी हुने विश्वास व्यक्त गरे ।

स्कुलकी प्राचार्य इन्दिरा कार्की पन्तले समाजिक उत्तरदायित्व बहन गर्दै स्कुलले तालिम आयोजना गरेको बताईन् । निजी विद्यालयहरुले सामाजिक उत्तरदायित्व बहन गर्दैनन् भन्ने भ्रम चिर्दै नयाँ सुरुवात गरिएको उनको भनाइ थियो ।

महिलाहरुलाई समृद्ध बनाउन सके समाज समृद्ध बन्ने उनले बताईन् । प्राचार्य कार्कीले अहिलेको अवस्थामा वाककला निकै महत्वपूर्ण रहेको बताउँदै यो तालिम लाभदायी हुने विश्वास व्यक्त गरिन् ।

२३ टोल सुधारलाई प्रतिनिधित्व गर्दै एक टोलबाट दुई(दुइ जना गरी ४३ जना सहभागे छन् । तीन दिनसम्म चल्ने तालिमलाई प्रशिक्षक सञ्चारकर्मी मनोज पन्तले सहजिकरण गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस