दूधको मुल्यमा भएको कटौती फिर्ता लिन दूग्ध कृषकहरुको माग

सफल खबर संवाददाता

सोमबार, २१ साउन २०७५, १८ : ३९
दूधको मुल्यमा भएको कटौती फिर्ता लिन दूग्ध कृषकहरुको माग

फाईल फोटो

चितवन । दूधको मुल्य घटेपछि चितवनका किसानहरु आन्दोलित छन् । दुग्ध विकास संस्थान र नीजि डेरीले दूधको मूल्य घटाएको भन्दै अमृत दुग्ध उत्पादक सहकारी संस्था शुक्रनगरले अपत्ती प्रकट गरेको छ ।
 मूल्य समायोजन नभए कडा आन्दोलनमा उत्रने उनीहरुले चेतावनी दिएका छन् ।
दूधको मूल्यमा प्रति लिटर ३ रुपैया घटाएको बिरोधमा चितवनका किसानहरु एक महिना देखि आन्दोलनमा उत्रिएका छन् ।
राज्यले कृषिमा सहुलियत र सुविधा दिनुपर्ने भएपनि मुल्य कटौती गरि पेशाबाट हात धुने अवस्थामा पुर्याउको संस्थाका अध्यक्ष शंकरराज राजभण्डारीले गुनासो गर्नुभयो । 
डिडिसिलाई तत्काल निर्णय फिर्ता लिन अध्यक्ष राजभण्डारीद्धारा हस्ताक्षरित विज्ञप्तीमा जोडदार माग गरिएको छ ।  । कृषकहरुले सडकमा दूध पोखेर , निःशुल्क दूध खान दिने लगाएका कार्यक्रम गरेर विरोध गरेका थिए । 

प्रतिक्रिया दिनुहोस