काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सदनमा देखिएको गतिरोधप्रति आफ्नो ध्यानाकर्षण भएको बताएका छन् । गत बुधबारदेखि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै प्रमुख प्रतिपक्षी दल एमालेले संघीय संसदको दुवै सदन अवरुद्ध गर्दै आएको छ ।
आइतबार पनि राष्ट्रिय सभा बैठकमा एमाले सांसदहरुले अवरोध गरेपछि अध्यक्ष तिमिल्सिनाले सदनको गतिरोध अन्त्य संवाद र छलफलबाट गर्न सत्ता र प्रतिपक्षी दलसँग आग्रह गरेका छन् ।
आइतबारको बैठकमा उनले चार दिनदेखि अवरुद्ध बनेको सदन चालु गराउन सत्तापक्ष र प्रतिपक्षका शीर्ष नेताहरूको बैठक राखी आपसी संवादको माध्यमबाट निकास निकाल्न आग्रह गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ असार २०८०, १२ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सन्तुलन र नियमनका लागि राष्ट्रियसभाको महत्व छ : अध्यक्ष तिमिल्सना
राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाद्वारा उपराष्ट्रपति यादवसँग भेटवार्ता
सरकारलाई संसदप्रति जवाफदेही बनाउनुपर्छ : अध्यक्ष तिमिल्सिना