देवघाटको पुलबाट हाम फालेका युवकको जिवितै उद्धार

सफल खबर संवाददाता

सोमबार, २१ साउन २०७५, १७ : ५३
देवघाटको पुलबाट हाम फालेका युवकको जिवितै उद्धार

तनहुँ । देवघाटको झोलुङ्गे पुलबाट हामफालेका युवकलाई सशस्त्र प्रहरीको टोलीले जिवितै उद्धार गरेको छ  ।  नवलपरासी घर बताउने चितवन भरतपुर बस्दै आएका  २४ बर्षीय धिरज राउत पुलबाट हाम फालेका हुन् । 

बिपद ब्यवस्थापन गण कुरिन्टारका सशस्त्र प्रहरी सहायक निरिक्षक प्रहलाद  सिलवालका अनुसार एक महिनादेखि श्रीमतीले घर छाडेर गएपछि राउतले पुलबाट हामफालेर आत्महत्याको प्रयास गरेका थिए । 

नदिले बगाएर ९ सय मिटर पर पु¥याएपछि सशस्त्र उद्धार टोलीका ८ जवानले उनलाई उद्धार गरेको प्रहरी सहायक निरिक्षक सिलवालले जानकारी दिनुभयो । 

लामो समय प्रेम सम्बन्ध पछि उनीहरुको विवाह भएको भएपनि विवाह गरेको ४ महिना नपुग्दै दुई बिच मनमुटाव शुरु भएको अनुसन्धानमा खुलेको छ ।

प्रहरीका अनुसार श्रीमतीको पर पुरुषसँग सम्बन्ध रहेको भन्दै राउतले आत्महत्या गर्न देवघाट पुगेका थिए ।
 

प्रतिक्रिया दिनुहोस