ओखलढुंगामा मोटरसाइकल दुर्घटना हुँदा चालकसहित दुई जना घाइते

सफल खबर संवाददाता

शनिबार, २३ असार २०८०, १३ : ५५
ओखलढुंगामा मोटरसाइकल दुर्घटना हुँदा चालकसहित दुई जना घाइते

ओखलढुंगा। ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा चालकसहित दुई जना घाइते भएका छन्। शनिबार बिहान करिब साँढे १० बजेतिर स ७ प ८६८४ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी मोटरसाइकल चालक मानेभञ्ज्याङ गाउँपालिका ५ का ३५ वर्षीय उत्तम राई र मोटरसाइकलको पछाडि बसेका सोही स्थानका ३९ वर्षका दान बहादुर श्रेष्ठ घाइते भएका छन्। उनीहरूको टाउको र अनुहारलगायत शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।

मानेभञ्ज्याङ गाउँपालिका ५ को हिट्टी भन्ने स्थानको दक्षिण तर्फबाट उत्तर तर्फ आउने क्रममा मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक देबेन्द्र दासले जानकारी दिए।

घाइते भएकाहरूलाई उद्धार गरी उपचारका लागि सामुदायिक अस्पताल सोब्रु,ओखलढुंगा पठाइएको छ। हाल उनीहरूको उपचार भइरहेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयओखलढुंगाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस