ललित धिमाललाई अन्तराष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा स्वर्ण, मालेमा फहराए नेपाली झन्डा

सफल खबर संवाददाता

शनिबार, २३ असार २०८०, १० : ४५
ललित धिमाललाई अन्तराष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा स्वर्ण, मालेमा फहराए नेपाली झन्डा

काठमाडौ । माल्दिभ्सको मालेमा जारी १३औं दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगितामा नेपालका ललित धिमालले ७५ केजी तौल समूहको शारीरिक सुगठन प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । जितसँगै उनी नेपालको झण्डा फहराउन सफल भएका छन् । 

उक्त प्रतियोगितामा भारतका खेलाडी दोस्रो, चौथा तथा पाँचौ भएका थिए भने अफगानिस्तान तेस्रो भयो । असार २० देखि २४ सम्ममा आयोजना भैरहेको प्रतियोगितामा भोलि धिमालले ओभरअल च्याम्पियन मि. दक्षिण एशियाको उपाधिको लागि पुनः प्रतिस्पर्धा गर्नेछन् ।

उपाध्यक्ष  वकिल मान तुलाधर उदासको नेतृत्वमा ३ सदस्यीय टोली त्यस तर्फ प्रस्थान गरेका थिए। दिनेश श्रेष्ठले नेपालको तर्फबाट अन्तराष्ट्रिय निर्णायकको भुमिका निर्वाह गरिरहेका छन् ।

भोलि शनिवार २३ गते मि. दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगिताको उपाधि सहित प्रथम माल्दिभ्स अन्तराष्ट्रिय आमन्त्रण शारीरिक सुगठन प्रतियोगिता समेत हुँदैछ ।  स्वर्ण पदक विजेता ललित धिमालले उक्त प्रतियोगितामा पनि प्रतिस्पर्धा गर्दैछन् ।

पहिलो पुरस्कार बापत नगद डलर ५ हजार, दोस्रो पुरस्कार नगद डलर ३ हजार, तृतीय पुरस्कार नगद डलर २ हजार, चौथो पुरस्कार नगद डलर १ हजार तथा पाँचौ हुनेले नद डलर ५०० प्राप्त गर्नेछ ।

स्मरण रहोस् शारीरिक सुगठनका अन्तराष्ट्रिय स्वर्ण पदक विजेता खेलाडी धिमालले हालै काठमाडौमा असार ८ र ९ गते सम्पन्न ८ मि. हिमालय शारीरिक सुगठन प्रतियोगितमा ओभरअल बिजेता भई ५ लाख २५ हजार नगद पुरस्कार समेत जित्न सफल भएका थिए।

प्रतिक्रिया दिनुहोस