करोडौं मूल्यको ‘अफ्रिकी रुबी’सहित एक नेपाली पक्राउ

सफल खबर संवाददाता

सोमबार, २१ साउन २०७५, १३ : ४४
करोडौं मूल्यको ‘अफ्रिकी रुबी’सहित एक नेपाली पक्राउ

काठमाडौं । महानगरीय प्रहरी वृत्त दरबारमार्गको टोलीले दुई किलो ‘अफ्रिकी रुबी’ सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरका दिपक सिजापति रहेका छन् । रुबी विक्रीका लागि बार्गेनिङ गरिरहेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो ।  
प्रहरीका अनुसार सिजापतिले १६ करोड रुपैयाँमा चिनियाँ नागरिकलाई रुबी धातु विक्री गर्न लागेका थिए ।

प्रहरीले उनीमाथि खोज तलासको क्रममा सो ‘अफ्रिकी रुबी’ बरामद गरेको छ ।

काठमाडौं प्रहरीले सोमबार दिउँसो पत्रकार सम्मेलन मार्फत थप विवरण सार्वजनिक गर्ने तयारी गरको छ ।

 

प्रतिक्रिया दिनुहोस