एन आई सी एशिया क्यापिटलद्वारा संध्याकालीन काउण्टर संचालन

सफल खबर संवाददाता

आइतबार, २० साउन २०७५, १९ : ४७
एन आई सी एशिया क्यापिटलद्वारा संध्याकालीन काउण्टर संचालन

काठमाडौँ । सेवाग्राहीहरुलाई उत्कृष्ट सेवा दिने उद्देश्यले यस एन आई सी एशिया क्यापिटल लिमिटेडले संध्याकालीन काउण्टर संचालनमा ल्याएको छ ।
यस संध्याकालीन काउण्टर मार्फत सेवाग्राहीहरुले दैनिक कार्यालय समय भन्दा अतिरिक्त समय सेवा प्राप्त गर्न सक्ने छ्न । एन आई सी एशिया क्यापिटलको बबरमहल, काठमाण्डौस्थित कार्यालयमा आईतबार देखि बिहीबार सम्म बिहान १०:०० बजे देखि दिउसो ०३ः०० बजे सम्म तथा संध्याकालिन काउण्टर दिउसो ४ः०० बजे देखि बेलुका ६ः०० बजे सम्म र शुक्रवार बिहान १०:०० बजे देखि दिउसो ०१ः०० बजे सम्म तथा संध्याकालिन काउण्टर दिउसो २ः०० बजे देखि बेलुका ५ः०० बजे सम्म आज मिति २०७५ श्रावण २० गते आइताबार देखि लागु हुने गरि संचालनमा ल्याएको छ ।
यस मार्फत हितग्राही खाता खोल्ने आवेदन फारम संकलन, शेयर प्रमाणपत्र तथा लाभाँश विवरण, शेयर अभौतिकरण गर्ने, लगानि व्यवस्थापन तथा परामर्श सेवा लगायतका सेवाहरुका साथै यस क्यापिटलबाट दैनिक रुपमा प्रदान गरिने अन्य सम्पूर्ण सेवाहरु उपलब्ध गराइनेछ ।

सेवाग्राहीहरुको व्यस्ततालाई मध्येनजर राख्दै यो सेवा सञ्चालनमा ल्याइएको हो । यो सेवाले कामकाजी सेवाग्राहीहरु तथा व्यस्त समयमा सेवा लिन असुविधा हुने सेवाग्राहीहरुलाई विषेश उपयोगी हुनेछ । गुणस्तरीय, किफायती र शिघ्राअतिशिघ्र सेवा प्रदान गर्ने एन आई सी एशिया क्यापिटलको प्रतिबद्धतातको क्रममा यस सेवाले थप मजबूती प्रदान गर्ने विश्वास लिइएको छ । साथै सेवाग्राहीहरु सँग सामिप्यता बढाउन यस संध्याकालीन काउण्टरले महत्वपूुर्ण भूुमिका खेल्ने विश्वास लिइएको छ ।

हाल एन आई सी एशिया क्यापिटलले निम्न सेवाहरु प्रदान गदै आइरहेको छ ।

-   शेयर रजिष्ट्रार  
-   निक्षेप सदस्य
-   निष्काशन तथा बिक्री प्रबन्धक
-    प्रत्याभुतिकर्ता
-   लगानी व्यवस्थापन
-    परामर्श सेवा
-   म्युचुअल फण्ड

 

प्रतिक्रिया दिनुहोस