जुवा खेल्दै गरेको अवस्थामा ५ जना पक्राउ

सफल खबर संवाददाता

आइतबार, २० साउन २०७५, १८ : १०
जुवा खेल्दै गरेको अवस्थामा ५ जना पक्राउ

चितवन । घरभित्र जुवा खेलेकै अवस्थामा भरतपुर महानगरपालिका वडा नं. ३ लङकुबाट ५ जना पक्राउ परेका छन् । थ्रि एस अप्रेशनको क्रममा जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले उनीहरुको साथबाट ५१ हजार १ सय ३० नगद बरामद गरेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपि प्रभु प्रसाद ढकालले जानकारी दिनुभयो ।
पक्राउ परेका व्यक्तिहरुलाई जुवा ऐन २०२० अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य भई रहेको ढकालले बताउनुभयो ।


 

प्रतिक्रिया दिनुहोस