अभिनेता शाहरूख खानको अमेरिकामा दुर्घटना

सफल खबर संवाददाता

मंगलबार, १९ असार २०८०, १५ : ०४
अभिनेता शाहरूख खानको अमेरिकामा दुर्घटना

काठमाडौं। बलिउड अभिनेता शाहरूख खानको अमेरिकामा दुर्घटना भएको छ। अमेरिकास्थित लस एन्जलसमा एक प्रोजेक्टको छायांकन सेटमा उनको दुर्घटना भएको हो।

दुर्घटनामा परेका शाहरूखको नाकमा चोट लागेको छ। चोट लागेपछि उनलाई नजिकको अस्पताल लगिएको थियो। भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार मंगलबार उनको सामान्य शल्यक्रिया समेत गरिएको छ। शल्यक्रियापछि शाहरूख आफ्नो घर फर्किएका छन्।

प्रतिक्रिया दिनुहोस